११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्दिर चाहार्दै माओवादी अध्यक्ष प्रचण्ड



तुलसीपुर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चाहार्दै हिड्न थालेका छन् ।
उनले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् ।
उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ ।
सोही क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए । साथै सोही क्रममा उनले स्थानीयसँग भेटघाट गरेका थिए ।
धार्मिक रुपमा इश्वरको विश्वास नगर्ने कम्युनिष्ट पार्टीका नेताहरु मन्दिर दर्शन गर्न जानुलाई अर्थपूर्ण रुहमा हेरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।