काठमाडौं
पछिल्लो समय अभिनेत्रीहरु चलचित्र निर्माणमा अघि बढ्न थालेका छन् । रेखा थापा, करिष्मा मानन्धरपछि केही समय अघि केकी अधिकारी चलचित्र बोक्सीको घर मार्फत चलचित्र निर्माणमा अघि बढ्न् ि । अभिनेत्री स्वस्तिमा खड्का‘बेहुली फ्रम मेघौली’मार्फत चलचित्र निर्माणमा अघि बढेकी छिन्।
यस्तै भर्खरै अर्की अभिनेत्री निशा अधिकारी पनि चलचित्र निर्माण गर्ने भन्दै कम्मर कसेर लागेकी छिन् । उनले भर्खरै चलचित्र ‘माया प्रीति’ निर्माणको घोषणा गरेकी छिन् ।
थुप्रै हिट चलचित्रमा काम गरेकी लोकप्रिय अभिनेत्री निशा अधिकारी को चलचित्र निर्माण कस्तो रहला ? त्यो समयले नै बताउला ।
रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् । चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् ।
‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।
यस चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेका थिए । उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेका छन् ।
प्रणव जोशी चर्चित चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् । उनी एक कुशल एआइ कलाकार पनि हुन् । त्यस्तै, कार्यकारी निर्माताको रूपमा नै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन् ।








प्रतिक्रिया