५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री निशा अधिकारी अब चलचित्र ‘माया प्रीति’को निमात्री



काठमाडौं
पछिल्लो समय अभिनेत्रीहरु चलचित्र निर्माणमा अघि बढ्न थालेका छन् । रेखा थापा, करिष्मा मानन्धरपछि केही समय अघि केकी अधिकारी चलचित्र बोक्सीको घर मार्फत चलचित्र निर्माणमा अघि बढ्न् ि । अभिनेत्री स्वस्तिमा खड्का‘बेहुली फ्रम मेघौली’मार्फत चलचित्र निर्माणमा अघि बढेकी छिन्।

यस्तै भर्खरै अर्की अभिनेत्री निशा अधिकारी पनि चलचित्र निर्माण गर्ने भन्दै कम्मर कसेर लागेकी छिन् । उनले भर्खरै चलचित्र ‘माया प्रीति’ निर्माणको घोषणा गरेकी छिन् ।
थुप्रै हिट चलचित्रमा काम गरेकी लोकप्रिय अभिनेत्री निशा अधिकारी को चलचित्र निर्माण कस्तो रहला ? त्यो समयले नै बताउला ।

रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् । चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् ।

‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।

यस चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेका थिए । उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेका छन् ।

प्रणव जोशी चर्चित चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् । उनी एक कुशल एआइ कलाकार पनि हुन् । त्यस्तै, कार्यकारी निर्माताको रूपमा नै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।