१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक्टरः टेक वन’ का निर्देशक राजन भुसाल भन्छन्,‘प्राविधिक रूपमा पनि बलियो छ’



चलचित्रको प्रस्तुतीकरणले कलाकारिताप्रति गलत धारणा सिर्जना गर्न सक्ने प्रश्नलाई भुसालले खण्डन गरे

काठमाडौं
यही माघ १६ गतेबाट प्रर्दशन सुरु हुन लागेको चलचित्र ‘एक्टरः टेक वन’ का निर्देशक राजन भुसालले प्राविधिक रूपमा पनि बलियो रहेको दाबी गरेका छन् ।
उनले चलचित्रमा अभिनेता राजबल्लभ कोइरालाले करिब १० वर्षपछि पुनरागमन गरेको र उनको अभिनयलाई भुसालले खास उपलब्धिका रूपमा हेरेको बताए । केही समयदेखि नेपाली चलचित्र क्षेत्रमा नदेखिएका कोइरालाले ‘एक्टरः टेक वन’ मा अभिनय गर्नुलाई दर्शकका लागि रोमाञ्चक पुनर्मिलनको अवसर मानिएको उनको भनाई छ ।
“राजबल्लभ कोइरालाले यसअघि पनि फर्कने प्रयास गर्नुभएको थियो । तर, उहाँले आफूलाई उपयुक्त लाग्ने भूमिका र चलचित्रको पर्खाइ गर्नुभएको थियो । यो चलचित्रले उहाँलाई त्यो अवसर दिएको छ,” निर्देशक भुसालले भने।
चलचित्रको प्रस्तुतीकरणले कलाकारिताप्रति गलत धारणा सिर्जना गर्न सक्ने प्रश्नलाई भुसालले खण्डन गरे । “यो चलचित्रले कलाकारितालाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्न खोजेको हो । ‘ड्रामा थ्रिलर’ श्रेणीमा रहेको यो चलचित्रले कलाकारहरूको व्यक्तिगत वा पेसागत छवि बिगार्ने काम गर्नेछैन,” भुसालले प्रस्ट्याए ।
चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।