१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद सुरु भएकै दिन अध्यादेश पेस गरिने



काठमाडौं । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद सुरु भएकै दिन पेस गरिने भएको छ ।
आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

यस्तै, भोलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ । माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख पाँच राष्ट्रिय दलका सचेतकहरुसँग छलफल गरेका हुन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।