५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘घरज्वाइँ’ समूहले चलचित्र ‘मितज्यू’ निर्माण गर्ने



ललितपुर
पछिल्लो समय एक पछि अर्को चलचित्र निर्माणको घोषणाको श्रृखला सुरु भएको छ ।
चलचित्र ‘घरज्वाइँ’ को निर्माण समूहले नयाँ सिनेमा ‘मितज्यू’ को निर्माण गर्ने घोषणा गरेको छ ।

चलचित्र थिम पोस्टर सार्वजनिक यस समूहले चलचित्र निर्माणको जानकारी दिइएको हो ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमाको निर्माण जनक घर्ती मगरले रहनेछ भने निर्देशन अनिल बुढा मगरले गर्नेछन् ।
चलचित्रको घोषणासँगै कलाकार र निर्माण युनिटको विषयमा केही जानकारी दिइएको छैन ।

‘मितज्यू’ मा को–को कलाकार रहने भन्ने खुलाइएको छैन । चलचित्रको कथाबस्तुलाई थप कौतुहल बनाउन पेन्टिङ पोस्टरमा सार्वजनिक गरिएको छ ।

पेस्टरमा चलचित्रको दुई पात्रलाई भ्यानको अगाडि उभिएका छन् । भ्यानमाथि खसी र खसीको टाउकोमा कुखुराको भाले राखेर चलचित्रको विषयबस्तु रोचक रहेको संकेत दिइएको छ।

चलचित्र ‘मितज्यू’ एक वर्षपछि नयाँ बर्षको छेको पारेर २०८२ को चैत २७ गते प्रदर्शनमा आउनेछ ।

महेश राईको लेखनमा तयार हुन लागेको यस चलचित्रका प्रोडक्सन कन्ट्रोलर धनबहादुर राई रहेका छन् । नोभिस आट्र्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ पुष्प आले मगरले गरेका हुन् ।

नेपालमा ‘मितज्यू’ लाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।