५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र बरिष्ठ बलराम घोषणा : निर्देशकमा सुरेन्द्र चयन, दया र विजयलाई अनुबन्धित



काठमाडौं
निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘वरिष्ठ बलराम’ घोषणा गरेका छन् ।
वसन्त पञ्चमीको अवसर पारेर निर्देशक पौडेलले आफ्नो निर्देशनमा बन्न लागेको चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेताद्वय दयाहाङ राई र विजय बराललाई अनुबन्धन गरेको घोषणा गरेका हुन् । चलचित्रमा अभिनेता राई नकारात्मक भूमिकामा अभिनय गर्ने बुmिभएको छ ।
चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु हुनेछ
चलचित्रको कलाकार र प्राविधिकहरुको अनुबन्धन क्रमश खुलाउदै जाने योजना निर्माण पक्षको छ । केही समयपछि चलचित्रबारे जानकारी दिन टिजर समेत सार्वजनिक हुनेछ ।
चलचित्र आगामी बर्षभित्र प्रर्दशन गर्ने तयारीका साथ काम भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।