५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र अध्ययनका लागि १६ जना विद्यार्थीले पाए छात्रवृत्ति



चलचित्र अध्ययन, अनुसन्धान एवं विद्धत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ । यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ

काठमाडौँ
चलचित्र विकास बोर्डले १६ जना विद्यार्थीलाई चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधीको लागि १ र दर्शनाचार्यको लागि एक जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिएका छन् ।

अध्यक्ष डिसीले भने, “चलचित्र अध्ययन, अनुसन्धान एवं विद्धत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ । यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।” उनले छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको बताएका छन् ।

माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल र फिल्म क्याम्पस तथा सङ्गीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीलाई हस्तान्तरण रकम हस्तान्तरण गरियो । बोर्डका अनुसार माध्यमिक तहको लागि रू १५ हजार, दर्शनाचार्य, विद्यावारिधी र स्नातक तह पहिलो वर्षको लागि ५० हजार छात्रवृतिका लागि उपलब्ध गराईएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।