१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मिसेस नोवेल नेपाल २०२५’को उपाधी सन्ध्यालाई



काठमाडौं
‘मिसेस नोवेल नेपाल २०२५’को ताज सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै “नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो जापान“ को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन् ।
प्रमुख निर्णायक अभिनेता रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शिर्ष उपाधी जित्न सफल भएकी हुन् । प्रतिश्पर्धामा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराई हुन सफल भए ।
करिव दर्जन प्रतियोगीहरुको एक महिनासम्म कोरियोग्राफर हिमानी सुब्बाले प्रशिक्षण दिएकी थिइन् । प्रतियोगीहरुले व्यक्तित्व विकाश बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याट्वाक, प्रस्तुतिकरण वैौद्धीक क्षमता बिकाश लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए।
प्रतियोगितामा शन्ध्या लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना बि क. मोस्ट स्मार्ट, प्रिती खड्का बेस्ट फोटोजेनिक आकांक्षा गजमेर वेष्ट क्याटवाक, शर्मीला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेशल कुमारी खड्का मोस्ट कन्फिडेन्ट अर्वाड जित्न सफल भए ।
प्रतियोगिताको अभिनेता एवं चलचित्रकर्मी रमेश उप्रेती, मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ एवं भि.जे. निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल निर्णायक रहेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।