चितवन
काठमाडौँतर्फ यात्रारत मिनीट्रक इच्छाकामनामा दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मुग्लिन (चितवन) चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।
बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो ।
दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिएका छन् ।








प्रतिक्रिया