१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भाँडियो सरकार र ‘नो केबलकार समूह’ बीचको वार्ता



काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार परियोजना सम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबीचको वार्ता भाँडिएको छ। माघ २२ गते भएको ६ बुँदे सम्झौतापछि आज अर्को वार्ता बस्ने तय भएको थियो, तर यो वार्ता पनि विफल भएको छ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताका अनुसार आन्दोलनकारीले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेका छन्। समितिको भनाइ अनुसार कर्मचारीस्तरीय वार्ता समस्याको समाधान गर्न नसक्ने भएकोले उनीहरूले अब सरकारसँग त्यस्तो वार्ता नगर्ने निर्णय गरेका छन्।

सरकारी टोलीले केबलकार निर्माणसँग सम्बन्धित समस्याहरू र स्थानीयलाई रोजगार दिन सकिने सम्भावनाबारे छलफल गर्ने प्रस्ताव राखेका थिए, तर आन्दोलनकारीले केबलकार निर्माण नै नगर्नुपर्ने अडान राखे। यससँगै आन्दोलनकारीले उच्चस्तरीय वार्ता समिति गठन नगरे भोलिदेखि अर्को चरणको आन्दोलनमा जाने चेतावनी दिएका छन्।

 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।