२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टिकाभैरवबाट आनन्दवन अस्पताल नसार्ने प्रशासनको भनाई



चापागाँउ
दक्षिण ललितपुरको टिकाभैरवस्थित आनन्दवन अस्पताल सार्न लागेको चर्चा भइरहेको सन्दर्भमा अस्पताल प्रशासनले अस्वीकार गरेको छ ।
प्रशासनले विज्ञप्ती प्रकाशन गरेर भ्रमपूणर्् प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएको हो । द लेप्रोसी मिसनद्वारा सञ्चालित अस्पतालका नेपालका लागि निर्देशक शोभाकर कँडेलले विज्ञप्तीमार्फत भ्रमपूर्ण खबरहरुको पछि नलाग्न आग्रह गरेका छन् ।


गत असोजमा गएको बाढीपछि सिर्जना भएको असहज अवस्थापछि केही युनिटहरुका लागि वैकल्पिक व्यवस्थाको प्रयास भईरहेकोमा उनको भनाई छ ।

अस्पतालको सेल्फ केयर युनिट, तालिम केन्द्र र अनुसन्धान प्रयोगशाला रहेको भवन पहिरोले क्षति बनाएको कारण व्यवस्थापनको गरिरहेको अस्पतालको भनाई छ । स्थान अभावका कारण तत्कालका लागि युनिटहरु व्यवस्थापन भइरहेकोमा सार्न लागिएको भन्ने भ्रमपूर्ण खबर फैलनु दुखद भएको अस्पतालको भनाई छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।