ललितखबर
अभिनेत्री दिव्या रायमाझी भर्खरै चलचित्र क्षेत्रमा सक्रिय भएकी हुन् । चलचित्र एक्टर : टेक वान’बाट रजतपटमा प्रवेश गरेकी रायमाझीको अभिनयको आजकल चर्चा हुने गरेको छ ।
उच्च शिक्षाको क्रममा परिवारसहित अमेरिका बसेर फर्केकी उनी सहित परिवार नै नेपाल बसाई सरेर आएका छन् । उनको दोश्रो चलचित्र पिताम्बर निर्माण भइरहेको छ ।
अभिनेत्री रायमाझीको चलचित्र एक्टर : टेक वान’को अभिनयको सर्वत्र चर्चा भएको थियो । भर्खरै चलचित्र पिताम्बरको गीत ‘म त फ्यान भए यार’मा उनको नृत्यको पनि चर्चा सुरु भएको छ ।
बुवा दिलिप पनि नृत्यमा पारंगत थिए । उनको नृत्यलाई माथ गर्ने अभिनेता अझैं चलचित्र क्षेत्रले पाएको छैन । बुवा दिलिपकै पथमा लम्किरहेकी दिव्यालाई वुवाकै बाटोमा अघि बढेको हो भन्ने पत्रकार पश्नमा उनले कुनीनितिक जवाफ फर्काउदै भर्खरै चलचित्र क्षेत्रमा प्रवेश गरेको र काम गर्न धेरै बाँकी रहेको प्रतिकृया दिइन् ।
पत्रकारहरुको अप्ठ्यारा प्रश्नहरुको पनि सहजै उत्तर दिन सिपालु अभिनेत्री दिव्या छोटो बोल्न रुचाउछिन् । सटिक उत्तर दिने अनि नम्र बोल्ने उनको बानी छ ।
अघिल्लो चलचित्र एक्टर : टेक वान व्यावसायिक रुपमा सफन नभए पनि दिव्याको अभिनयको भने चर्चा भएको थियो ।







प्रतिक्रिया