२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चार महिनामा सकियो चलचित्र ‘बलिदान’को छायाङ्कन



चार महिनासम्म रातदिन रगत–पसिना बगाएर मेहनत ग¥यौँ । म विश्वस्त छु, कलाकारहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ

काठमाडौं
चलचित्र ‘बलिदान’को छायाँकन चार महिनामा सम्पन्न भएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँगै चलचित्रको छायााकन समाप्त भएको जानकारी दिउका छन् ।

शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माले अन्तिम दृश्यमा अभिनय गरे ।

निर्देशक सेनले चलचित्र ‘बलिदान’लाई ‘महान् चलचित्र’ बनाउन कुनै सम्झौता नगरेको बताएका छन् । भने, “चार महिनासम्म रातदिन रगत–पसिना बगाएर मेहनत ग¥यौँ । म विश्वस्त छु, कलाकारहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ ।”अब चलचित्रको सम्पादन कार्य अब छिट्टै सुरु हुने र तत्काल टिजर सार्वजनिक हुने रप्रर्दशन मिति समेत घोषणा गरिने उनको भनाई छ ।

 

चलचित्र ’१२ गाउँ’बाट चर्चा बटुलेका अभिनेता समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय चलचित्रमा हेर्न पाइन्छ

’बलिदान’ सबैभन्दा धेरै समय छायाङ्कन भएको र सबैभन्दा महँगो लगानीमा चलचित्रको निर्माण भएको भन्दै चर्चा हुने गरेको छ ।

चलचित्र ’१२ गाउँ’बाट चर्चा बटुलेका अभिनेता समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय चलचित्रमा हेर्न पाइन्छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र विरुद्धको सङ्घर्षमा आधारित एक्सनप्रधान चलचित्रको रुपमा पछिल्लो समय चर्चा भइरहेको छ ।

‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह–निर्माताको भूमिकामा छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।