१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कर्मा’ चैत २९ देखि विश्वभर प्रर्दशन सुरु हुने



काठमाडौं 
चलचित्र ‘कर्मा चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुने घोषणा गरिएको छ ।
निर्माण पक्षका अनुसार ८५ दिनपछि चलचित्रको छायांकन पुरा भएको हो । चलचित्रको छायांकन दाङ र काठमाडौंमा गरिएको थियो ।
चलचित्र ‘अगस्त्य’का निर्देशक सौरभ चौधरीले यस चलचित्रको निर्देशन गरेका हुन् । चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । अभिनेता मुकुन भुसाल चलचित्रमा नेगेटिभ चरित्रमा देखिदैछन् भने चलचित्रमार्फत अभिनेता विपीन कार्की एक्सन भूमिकामा देखिदै छन् । भखैरै सार्वजनिक पोस्टरमा विपिनलाई एक्सन अवतारमा देख्न सकिन्छ ।
चलचित्रकोे कथा निर्देशक चौधरीको रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्र ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।
सोही समयमा प्रदिप खड्का र दिव्या रायमाझी अभिनित चलचित्र पिताम्बर पनि प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।