१८ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सांसद कार्कीको मुद्दामा सर्वोच्चले २७ फागुनमा फैसला सुनाउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीको सांसद पद रहने वा नरहने मुद्दाको फैसला सुनाउने मिति फागुन २७ गतेका लागि सरेको छ ।
ललितपुर– ३ बाट निर्वाचित सांसद कार्कीको पद रहने वा नरहने मुद्दाको फैसला सुनाउने मिति आइतबारका लागि तोकिएको थियो ।

गत पुस २५ गतेदेखि कार्कीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ । रास्वपाका तर्फबाट उमेदवार भएकी कार्कीको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि कार्की सर्वोच्च अदालत पुगेकी थिइन् ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनी चुनाव लड्न पाएकी थिइन् । नेपाल मेडिकल काउन्सिलको सदस्य हुँदा राजीनामा नै नदिएर उम्मेदवारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।