१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हलेसी बजारको ग्यास पसलमा आगलागी



खोटाङ
खोटाङको हलेसी बजारमा ग्यास पसल भएको एउटा घरमा आगलागी भएको छ ।
हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिएका छन् ।
उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् ।
ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरु घरमा पनि फैलिनसक्ने खतरा सम्भावना देखिएको जनाइएको छ ।
आगलागी भएको घरमा हार्डवयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।