ललितखबर
चलचित्र ‘ताण्डबम्’ को सेन्सर रोकिएको छ । फागुन ९ गतेबाट देशभरको चलचित्र भवनमा प्रर्दशन सुरु हुने चलचित्रको सबै काम समाप्तपछि प्रर्दशनको पुर्वसन्ध्यामा समस्या श्रृजना भएको हो ।
चलचित्रका निर्माता जुलिम गहतराजका अनुसार धेरै क्रुरता प्रर्दशन गर्न खोजेको भन्दै सेन्सर बोर्डले सर्टिफिकेट दिन नमाने पछि प्रिमियर रोकिएको हो ।
राजधानीको एक चलचित्र भवनमा आज साझ प्रिमियरको आयोजना गर्दै निर्माण पक्षले निमन्त्रण गरेको थियो ।
निर्देशक समेत रहेका अभिनेता गहतराजले धेरै दृश्य काट्नु परेकाले भोली मात्रै सर्टिफिकेट हात पर्ने ललितखबरलाई जानकारी दिए । उनले भने, आज चलचित्रका हटाउनु पर्ने दृश्य काटेर चलचित्र बोर्डमा पेश गर्छौ । भोलीबाट चलचित्र प्रर्दशन हुन्छ ।’ निर्देशक गहतराजले आफूले देखाउन चाहेको जस्तो चलचित्र प्रर्दशन गर्न रोक लगाउदा दुःख लागेको बताए ।
क्राइम–थ्रिलर जनरामा बनेको चलचित्र आफ्नै प्रोडक्सन हाउस सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोसँग निर्माणमा सहकार्य गरेको हो । चलचित्रमा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम निर्माता रहेका छन् ।
चलचित्र हरि घले लामाले छायांकन गरेका हुन् । चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत तथा कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक छ । चलचित्रको कथा, पटकथा एवं संवाद अनिरुद्ध आत्रेय र हुसेनले मिलेर लेखेका हुन् ।
प्रतिक्रिया