१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


केदार घिमिरे भन्छन्, ‘क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ ?’



काठमाडौं । लाज शरणमको सेन्सरसीप नभएसम्म प्रचारमा रोक लगाएपछि हाँस्य कलाकार केदार घिमिरे( माग्ने बुढा) ले क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो भएको बताएका छन् । उनले भनेका छन्, ‘क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ। नमिले फ्लप। मिले लफडा ।’
उच्च अदालत पाटनले प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘लाज शरणम’को प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको छ । पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो । आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपालको शैली, हाउभाउ र लवज बिना अनुमति प्रयोग गरिएको भन्दै रिट दायर गरेका थिए । चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले फिल्मको विज्ञापन, पोस्टर तथा प्रचार सामग्रीहरू सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।