२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


केदार घिमिरे भन्छन्, ‘क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ ?’



काठमाडौं । लाज शरणमको सेन्सरसीप नभएसम्म प्रचारमा रोक लगाएपछि हाँस्य कलाकार केदार घिमिरे( माग्ने बुढा) ले क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो भएको बताएका छन् । उनले भनेका छन्, ‘क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ। नमिले फ्लप। मिले लफडा ।’
उच्च अदालत पाटनले प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘लाज शरणम’को प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको छ । पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो । आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपालको शैली, हाउभाउ र लवज बिना अनुमति प्रयोग गरिएको भन्दै रिट दायर गरेका थिए । चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले फिल्मको विज्ञापन, पोस्टर तथा प्रचार सामग्रीहरू सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।