२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


परिपक्क कलाकार आशिष घिमिरे, फर्काए कुटनीतिक जवाफ



कलाकार जहाँबाट पनि आउँन सक्छ । मुख्य कुरा क्षमता छ कि छैन भन्ने हो । कसैको वलमा लामो समयसम्म टिक्न सकिदैन

ललितखबर
आशिष घिमिरे । कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’ र सितादेविको छोरा । काल्यकालमै उनी दर्शकमाझ परिचित थिए, टेलिचलचित्र मेरी मास्सैको धुन्दुकारीको रुपमा ।
पछिल्लो समय उनी चलचित्रमा देखिदैछन् । उनको चलचित्र होस्टेल ३ यही फागुन २३ गतेबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशनको तयारीमा छ । गत शुक्रबार राजधानीमा यही चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा आशिष परिपक्क कलाकारको रुपमा प्रस्तुत भए । पत्रकारको कडा प्रश्नलाई उनले सहजै लिए । अनि ढुक्कका साथ कुटनीतिक जवाफ फर्काए ।
कलाकारको छोराछोरीहरु क्लाकार बनेर पर्दामा आउँदा सधै एउटा आरोप खेप्नु पर्छ । बाबुआमाको बलमा चलचित्रमा सजिलै प्रवेश पाएको भनेर । अघिल्ला चलचित्रहरुमा अनमोल केसी, सुहाना थापादेखि दिव्या रायमाझीसम्मले यो प्रश्न झेलेका थिए । आशिषको अगाडि पनि शुक्रबार एक पत्रकारले साधे छाडे, ‘तपाई केदार घिमिरे माग्नेबुढा र सितादेविको छोरा भएकै कारण चलचित्र क्षेत्रमा प्रवेश गर्नुभयो ?’
आशिष बोल्न सुरु गर्दा थोरै नर्भस थिए । तर जव प्रश्न सुने, लाग्थ्यो उनमा उत्तर दिने भोक छ, जोस छ । अनि सहजै भनिदिए, ‘कलाकार जहाँबाट पनि आउँन सक्छ । मुख्य कुरा क्षमता छ कि छैन भन्ने हो । कसैको वलमा लामो समयसम्म टिक्न सकिदैन ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ११ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।