२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


परिपक्क कलाकार आशिष घिमिरे, फर्काए कुटनीतिक जवाफ



कलाकार जहाँबाट पनि आउँन सक्छ । मुख्य कुरा क्षमता छ कि छैन भन्ने हो । कसैको वलमा लामो समयसम्म टिक्न सकिदैन

ललितखबर
आशिष घिमिरे । कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’ र सितादेविको छोरा । काल्यकालमै उनी दर्शकमाझ परिचित थिए, टेलिचलचित्र मेरी मास्सैको धुन्दुकारीको रुपमा ।
पछिल्लो समय उनी चलचित्रमा देखिदैछन् । उनको चलचित्र होस्टेल ३ यही फागुन २३ गतेबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशनको तयारीमा छ । गत शुक्रबार राजधानीमा यही चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा आशिष परिपक्क कलाकारको रुपमा प्रस्तुत भए । पत्रकारको कडा प्रश्नलाई उनले सहजै लिए । अनि ढुक्कका साथ कुटनीतिक जवाफ फर्काए ।
कलाकारको छोराछोरीहरु क्लाकार बनेर पर्दामा आउँदा सधै एउटा आरोप खेप्नु पर्छ । बाबुआमाको बलमा चलचित्रमा सजिलै प्रवेश पाएको भनेर । अघिल्ला चलचित्रहरुमा अनमोल केसी, सुहाना थापादेखि दिव्या रायमाझीसम्मले यो प्रश्न झेलेका थिए । आशिषको अगाडि पनि शुक्रबार एक पत्रकारले साधे छाडे, ‘तपाई केदार घिमिरे माग्नेबुढा र सितादेविको छोरा भएकै कारण चलचित्र क्षेत्रमा प्रवेश गर्नुभयो ?’
आशिष बोल्न सुरु गर्दा थोरै नर्भस थिए । तर जव प्रश्न सुने, लाग्थ्यो उनमा उत्तर दिने भोक छ, जोस छ । अनि सहजै भनिदिए, ‘कलाकार जहाँबाट पनि आउँन सक्छ । मुख्य कुरा क्षमता छ कि छैन भन्ने हो । कसैको वलमा लामो समयसम्म टिक्न सकिदैन ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ११ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।