१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेरि बिहानै भूकम्पको अर्को धक्का



काठमाडौं । म्याग्दीमा भूकम्पको अर्को धक्का महसुस गरिएको छ । मंगलबार बिहान (फागुन १३) सानातिना धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

३.४ र ३.५ म्याग्निच्युडका तीन धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ । बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीको मुना आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का मापन गरिएको छ ।

त्यसअघि, मंगलबार बिहान नै ६ बजेर १३ मिनेटमा म्याग्दीकै देवीस्थान आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

यसै दिन बिहान ५ बजेर ५२ मिनेटमा म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।