२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लेलेकी युवतीको तीनकुनेमा टिपरले ठक्कर दिएपछि निधन



काठमाडौं
काठमाडौंको तीनकुने सडकमा भएको दुर्घटनामा ललितपुर लेलेकी युवतीको निधन भएको छ ।
प्रहरीका अनुसार बुधबार राति काठमाडौं महानगरपालिका–३२ तीनकुने मुनिभैरव नजिकै सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त मोटरसाइकललाई बा.०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको थियो ।
तीन वटै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।