१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रसिद्ध कथावाचक देविप्रतिभाले ‘गण्डकी कोटी होम’मा प्रवचन दिने



ललितपुर

अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभाले गण्डकी कोटी होम प्रवचन दिने भएकी छिन् ।
केही समयअघि पशुपतिनाथ परिसरमा आयोजित कोटीहोम महायज्ञमा प्रवचन दिएर चर्चामा आएकी कथावाचक देवि प्रतिभा पोखरामा आयोजना हुने महायज्ञमा १४ दिन प्रवचन दिने कार्यक्रम रहेको मानव सेवा फाउण्डेशनका अध्यक्ष विजय कृष्णमूर्ति जी महाराजले ललितखबरलाई बताएका छन् ।

पशुपतिनाथ परिसरमा कथावाचिका प्रतिभाको प्रवचन सुन्न हजारौंको भीड लागेको थियो । पछिल्लो समय उनले भारतको विभिन्न स्थानमा प्रवचन दिएर चर्चा कमाइरहेकी छिन् । उनी काभ्रेको स्थायी बासिन्दा हुन् ।
कोटी होममा नेपालकै कान्छी कथा वाचिका बालविदुषी अनुराधा पाण्डे र अनिरुद्रचार्य महाराजले समेत कथावाचन दिने कार्यक्रम तय भएको छ ।
पोखरामा यही २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ हुँदैछ भने कोटिहोम कार्यक्रम २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म चल्लने छ ।
अध्यक्ष कृष्णमूर्तिका अनुसार पछिल्लो समय १६ जिल्लामा निमन्त्रण पठाउने काम सम्पन्न भएको छ ।
फाउण्डेशनले ललितपुरको गोदावरीमा मामाघर अनाथालय र भक्तपुरको ताथलीमा छोरीको घर आश्रममार्फत सयौं बृद्ध बृद्धा र टुहुरा वालवालिकाहरुको संरक्षण गरिरहेको छ । दुवै स्थानमा भर्खरै आश्रम निर्माणका लागि शिलान्याश समेत सम्पन्न भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।