काठमाडौं
चलचित्र ‘लाज शरणम्’ सार्वजनिक बिदा सकिएपछि पनि दर्शकको साथ पाइरहेको छ ।
निर्माण पक्षका अनुसार पहिलाआइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र चलेको दाबी गरेको छ ।
काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो चलचित्रले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षको भनाई छ ।
दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । ‘लाज शरणम्’मा आइतबार पनि उत्साहजनक साथ रहेकाले निर्माण पक्ष चलचित्रको व्यापार पुनः बढ्दै जाने बताउँछ ।
महेश त्रिपाठी र धुर्मुसको भूमिकालाई दर्शकले विशेष रूपमा मन पराइरहेका निर्माणपक्षले जानकारी दिएको छ ।
चलचित्रको प्रचारका लागि दर्शक भेट्न कलाकारहरू हलहलमा पुगिरहेका छन् । कलाकारको एउटा टोली काठमाडौंका हलहलमा पुसगरहेको छ भने अर्को टोली पोखरामा छ ।
चलचित्र लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रर्दशन सुरु भएको थियो ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् ।
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।
चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । पहिलो दिन यो चलचित्रले एक करोड १० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।








प्रतिक्रिया