२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका इन्दिरा हक्की, कालीप्रसाद कालो निलो



ललितखबर
नेपाली संगीत बजारमा सधै चर्चामा रहने गायिका इन्दिरा जोशी र संगीतकार कालीप्रसाद बासकोटा राजधानीमा आयोजित नेपाल आइडलको घोषणा सभामा देखिए । आइडलको जर्ज समेत रहेकी गायिका जोशी कार्यक्रमको सुरुआतमै पहेलो साडीमा सझिएर आगेकी थिइन् । संगीतकार ढिला पुगे । लगत्तै बोल्न स्टेज चढे ।
सार्वजनिक कार्यक्रममा उपस्थित भएर सधैं बोल्ने संगीतकार बास्कोटा स्टेजमा राम्रो बोल्नै सकेनन् । अनुहार कालो निलो पारे । सम्बोधन गरेपछि थोरै बोले । अड्किएर अनि स्टेजबाट ओर्लिए ।
शुभारम्भ कार्यक्रमपछि पत्रकारहरुसँग साक्षत्कार कार्यक्रम थियो । प्रश्नको उत्तर दिन तम्सिएका संगीतकार बास्कोटा फेरि नर्भस देखिए । उनले उत्तर नदिन नसकेपछि गायिका इन्दिराले माइक तानिन् । अनि कुटनीतिक जवाफ दिइन् ।
हक्की स्वभावकी गायिका इन्दिरा जोशी सार्वजनिक कार्यक्रममा तर्कसंगत कुरा सुनाउछिन् । प्रश्नोत्तरमा पनि उत्तिकै खरो उत्रिन्छिन् । सार्वजनिक कार्यक्रममा उनका उपस्थिती दरिलोे देखिन्छ ।
हुन त संगीतकार बास्कोटाको आनीबानी त्यस्तो होइन । उनी सधै सार्वजनिक मञ्चमा बोलेको देखिन्छ । राम्रै बोल्छन् । नेपाल आइडलको मञ्चमा पनि उनको प्रस्तुती दरिलो नै थियो । मिठो संगीत श्रृजना गर्न माहिर कालीप्रसादको जोस चाँही कहाँ गयो होला ?

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।