१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा भेटियो ‘बैजनी बुङ्गेचरा’



काठमाडौं । चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले नेपालमा ‘बैजनी बुङ्गेचरा’ नामको नयाँ चरा भेटाएका छन्। नेपाल पन्छीविद् सङ्घले उक्त चरा नेपालमा नयाँ रहेको पुष्टि गरेको खरेलले बताए। बैजनी बुङ्गेचरा फेला परेसँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८९८ पुगेको छ ।

मेचीनगर–६ काँकडभिट्टा निवासी संरक्षण अभियन्ता खरेलले यसअघि ‘हरित परेवा’ नामक अर्को नयाँ चरा नेपालमा भेटाएका थिए । खरेलका अनुसार बैजनी बुङ्गेचराको अङ्ग्रेजी नाम पर्पल रम्प सनबर्ड हो। भारत, श्रीलङ्कालगायत कतिपय मुलुकमा यो चरा पाइएको छ ।

चरा अवलोकनको क्रममा खरेलले २०८१ फागुन ७ गते बिहान साढे ८ बजे काँकडभिट्टाको एउटा बगैँचामा बैजनी बुङ्गेचराको जोडीको पहिलो तस्वीर र भिडियो खिचेका थिए । खरेलले फागुन ९ गते सो तस्वीर नेपाल बर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाएका थिए ।

सङ्घका अध्यक्ष डा तुलसी सुवेदीले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत नेपालमा नयाँ चराको रूपमा ‘बैजनी बुङ्गेचरा’ थपिएको सार्वजनिक गरेको खरेलले बताए ।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्षसमेत रहेका चराविद् खरेलले नेपालबाट लोप भइसकेको ठानिएको हङरायो नामक दुर्लभ चराको तस्वीर र भिडियोसमेत खिचिसकेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।