४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


करिष्मा प्रेमी खोज्दै, श्रृष्टि भने लुकाउदै (भिडियो)



ललितखबर
सार्वजनिक मञ्चमा उभिएर  कलाकारहरुले नामै तोकेर आफ्नो प्रेमीबारे  खुलेर सवालजवाफ गरेको विरलै देख्न पाइन्छ । धेरै अभिनेत्रीहरु आफ्नो नितान्त व्यक्तिगत कुरा भन्दै यो विषयमा खुल्नै चाहदैनन् ।
तर,राजधानीमा विहीबार दुई अभिनेत्री करिष्मा श्रेष्ठ र श्रृष्टि श्रेष्ठ आफ्नो प्रेम र विवाहको सन्दर्भमा खुलेर लामै कुराकानी गरे ।

चलचित्र ११ः५५ को ट्रेलर सार्वजनिक कार्यक्रममा करिष्मा श्रेष्ठले आफू प्रेमीको खोजीमा रहेको घोषणा नै गरिन् भने श्रृष्टि श्रेष्ठले अभिनेता सौगात मल्लसँग आगामी चैत्र ३ गते विवाह हुन लागेको खबर लुकाउने कोशिस गरेकी छिन् ।
सञ्चारकर्मीहरुले अभिनेत्री श्रृष्टिसँग जोडबल गरेरै के हो त? भन्दै अभिनेता सौगात मल्लसँग विवाह हुनलागेको विषयमा सोधेपछि उनले समय आएपछि आफैं खुल्ने भन्दै विवाह र प्रेम सम्बन्धबारे लुकाउने कोशिस गरिन् ।
उनले आफ्नै विवाहबारे प्रकाशिन भएको समाचारबारे भनिन्, ‘समाचार मनोरञ्जनात्मक रहेछ ।’
सौगात मल्लसँग आफ्नो कुरा हुने गरेको स्वीकार गर्दै अभिनेत्री श्रेष्ठले यसैलाई पुर्नमिलन भएको भनेर व्याख्या गरिएको हुनसक्ने उनले बताइन् । भनिन्, ‘तर त्यस्तो भने भएको छैन ।’
अभिनेत्री करिष्माले आफ्ना कुरा भन्ने कोही जीवनमा होस् भन्ने चाहेको बताइन् । भनिन्, ‘तर दुःखको कुरा अहिलेसम्म त्यस्तो मान्छे भेटेको छैन ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।