पाटन (ललितपुर)
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरमा दुई दिने महिला उद्यमी मेला सुरु भएको छ ।
मङ्गलबजारस्थित हौगल टोलमा ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको उद्यमी मेलाको उद्घाटन महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यले गरेकी हुन् ।
मेलामा महिलाको उद्यमशीलतामा उत्पादन भएका हस्तकलाका सामान, ढाकाका लत्ताकपडा, नेवारी खानाका परिकार, अचार, साबुनलगायत वस्तु बिक्रीमा राखिएका छन् ।
प्रतिक्रिया