८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको प्लटिङमा अनियमितता : अख्तीयारमा उजुरीपछि खोलामा राखिएको पाइप निकालियो



ललितखबर
अनियमितताका लागि गोदावरी नगरपालिका उपत्यकामै बद्नाम छ । यहाँ दजनौं स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ । बन मासिएको छ । नदिनालाको दोहन छ ।
गोदावरीमा करिव ३ सय जग्गा प्लटिङ भएको छ । स्थानीय सरकारले बस्ती विकाश आयोजना गर्न नपाउने कानूनी व्यवस्था भए पनि मेगर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले नगरभित्र गैरकानूनी प्लटिङका लागि अनुमती दिइरहेका छन् ।
यहाँ सञ्चालित अबैध प्लटिङमा मापदण्ड मिचेर खोला नै गायव गरिएपछि अख्तियार र स्थानीयबासीको दबाबपछि मापदण्ड अनुसार सुधार सुरु गरिएको छ । गोदावरी नगरपालिका १० डाँडागाँउमा अवस्थित किया कम्पनी र राजन तिमल्सिनाले प्लटिङको क्रममा खोला नै गायव बनाएका थिए ।
न्यौपानेगाँउ हुँदै बग्ने स्थानीय खोलामा ह्युमपाइप राखेर जग्गा बिक्रि गरेपछि सो विषयमा अख्तियारमा उजुरी परेको थियो ।
गतअसोज १२ गतेको बाढीले सो स्थानमा रहेको घर बगाउनुका साथै प्लटिङ क्षत विक्षत भएको थियो । मापदण्डविपरित खोला नै पुरेपछि स्थानीयबासीले विरोध गर्दै आएका थिए ।
गोदावरी नगरपालिकाका वडा सदस्य रामेश्वर प्याकुरेलले सबै ह्युमपाइन निकाल्ने प्रकृया सुरु भएको जानकारी दिए । उनले भने अव मापदण्ड अनुसार नै खोला र सडक बनाइन्छ । मापदण्ड अनुसार १० फिट खोला र १३ फिटको दुवैतिर सडक निर्माण हुने बताए ।
गोदावरी १०का वडाध्यक्ष शेखर न्यौपाने सो जग्गामा आफूले राख्न अनुमती नदिएको दाबी गरे । उनले भने, ‘म निर्वाचित भएर आउनुअघि नै ह्युम पाइप राखिएको थियो ।’
स्थानीय निर्वाचनको पुर्वसन्ध्यामा वडाध्यक्ष नगायत पदाधिकारीले राजनीतिक लाभ लिन सो खोला खाली गराउन लागि गरेको एक स्थानीयले ललितखबरसँग बताए । अख्तियारमा उजुरी र अदातलमा मुद्दा परेर जेल समेत जानु पर्ने अवस्था आउने देखेपछि पछिल्लो समय जनप्रतिनिधिमा त्रास छ । पछिल्लो समय नगरपालिकाका मेयर महर्जन र उपमेयर अधिकारीको विभिन्न योजनामा मनलाग्दी हस्तइोपपछि जनप्रतिनिधि र स्थानीयमा निराशा रहेको वडाबासी बताउछन् ।
जग्गाको ह्युम पाइप निकाले पछि जग्गा धनीबीच मनमुटाव भइरहेको एक स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।