२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र अञ्जिला हेरेपछि रुँदै फर्किए दर्शक



एपिएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो चलचित्र नयाँ पिँढीको लागि प्रेरणा हुन्छ

ललितपुर
सोमबार साँझ ललितपुर पुल्चोकस्थित एक चलचित्र भवनमा नवनिर्मित चलचित्र ‘अञ्जिला’को मनोरञ्जन तथा खेल क्षेत्रका विशिष्ट व्यक्तीहरुका बीच रेड कार्पेट प्रिमियरमा आयोजना गरिएको छ ।

रेड कार्पेट प्रिमियरमा चलचित्र हेरेपछि सहभागी दर्शक रुँदै फर्केको देख्न सकिन्थ्यो भने उनीहरुले सञ्चारकर्मी समक्ष चलचित्रको विषयबस्तुले रुवाएको प्रतिकृया दिएका छन् । एन्जिलाको सङ्घर्षको कथाले दर्शकहरू भावुक, उत्कृष्ट बायोपिक बनेको प्रतिक्रिया उनीहरुको भनाई थियो ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको अवस्था चलचित्रमा समेटिएको छ ।

प्रिमियरमा बाट अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्स,सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याल,सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्वपुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाललगायत चलचित्र टिम, चलचित्रकर्मी, राष्ट्रिय खेलाडीहरू, पत्रकारहरू, र शुभचिन्तकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रिमियर कार्यक्रमका लागि चलचित्र भवनस्थल भव्य सजावट र रेड कार्पेटले सजिएका थियो । यद्यपि, चलचित्रकी कथाकी पात्र तथा प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण उपस्थित रहेनन् ।

 

निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ

फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रिमियरपछि एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा लगभग सबै दर्शकहरू भावुक बने ।
खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा चलचित्रमा उतारेको भन्दै निर्देशक मिलन चाम्सको प्रशंसा गरिएको छ ।

आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखिरहेको तर यो चलचित्रले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, “एपिएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो चलचित्र नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।”पूर्व कप्तान गणेश थापाले चलचित्र हेर्दा आफू ३–४ पटक रोएको बताए । “एन्जिलाले यति धेरै सङ्घर्ष गरेर आएको रहेछ ।”
चलचित्र हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो चलचित्रले आफ्नो मन छेडेर गएको बताइन् । “निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ,“ अधिकारीले प्रतिक्रिया दिइन् ।

चलचित्र निर्देशक नवल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने चलचित्र रहेको प्रतिक्रिया दिए । अभिनेता प्रशान्त ताम्राकारले गाउँ ठाउँका सबै नेपाली चेलीहरूको कथा पनि एन्जिलाको जस्तै सङ्घर्षशील रहेको बताए ।

निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिँए
निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको बताए ।

यसअघि यस चलचित्रको हङकङ, कोरिया र बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर भएको थियो । यसमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।

चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ११ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।