८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुस-युक्रेन युद्धमा परी रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकीको निधन



काठमाडौं । रुसी सेनामा कार्यरत रोल्पाका एक पूर्व वडाध्यक्षको रुस–युक्रेन युद्धमा परी निधन भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको निधन भएको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा पनि पुनः वडाध्यक्षको उम्मेदवार बन्नुभएका बुढाथोकी पराजित भएका थिए ।

२०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । रुसी सेनामा रहेका बुढाथोकीले फोन र मेसेज मार्फत परिवारसँग सम्पर्क गर्दै आएका थिए ।

सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत बुढाथोकीको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो । मृत्युको खबर पाएपछि बुढाथोकीको घरमा सोमबारदेखि नै शुद्ध शान्तीका लागि किरिया सुरु गरिएको छ । पूर्व जनप्रतिनिधि बुढाथोकीको निधन प्रति जनप्रतिनिधि र कर्मचारीहरुले दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।