१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तोसिमाको सांसद पद जोगियो, योग्यतामाथिको प्रश्न खारेज



काठमाडौं

रास्वपा सांसद डा. तोसिमा कार्कीको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले दुई वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाईमा न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनको पक्षमा फैसला सुनाएको छ। यस फैसलाले सांसद उम्मेदवार बन्न योग्यतासँग सम्बन्धित कानूनी प्रश्नलाई पूर्ण रूपमा खारेज गरेको छ।

२०७९ साल मंसिर ४ गतेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी डा. कार्कीलाई नेपाल मेडिकल काउन्सिलको सदस्य र लाभको पदमा भएको आधारमा उम्मेदवारी नपाउने भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। आयोगको निर्णयविरुद्ध डा. कार्कीले सर्वोच्चमा मुद्दा दायर गरेपछि अदालतले आयोगको निर्णयलाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो। २०७९ कात्तिक १४ गते दायर गरिएको रिटमा पटकपटक सुनुवाई र पेशी सरेपछि मंगलवार अन्तिम फैसलाको घोषणा गरिएको हो।

यस फैसलासँगै सांसद उम्मेदवार बन्न योग्यताको सम्बन्धमा उठेका कानूनी प्रश्नको अन्त्य भएको बताइएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।