५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालको आकाशको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुग्यो



काठमाडौं
नेपालको आकाशको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ ।
प्रदुषणको निगरानी राख्ने संस्था डाटाबेस आईक्यूएयरका अनुसार आज नेपाल विश्वकै दोस्रो धेरै प्रदूषित शहरको सूचीमा परेको छ ।
ठाँउ ठाँउमा डढेलो,धुलोधुँवा, धेरै समयसम्म झरि नपर्नुका साथै हावा पनि नचलेकोले कारण प्रदूषणको बढेको हो ।
वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा सावित हुँदै १९२ एक्यूआई मापन भएको छ । त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।
संसारकै खराव वायुको स्तर भएको देशमा भारत रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।