काठमाडौं
आज फागु पूर्णिमाको अवसर पारेर आज बिहीबारबाट प्रर्दशन सुरु हुन लागेको लागेको नेपाली चलचित्र ’अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ । हलहरूले यस चलचित्रलाई राम्रो सङ्ख्यामा शो उपलब्ध गराएका छन् ।
बुधवार बिहानसम्म ११० बढी शो प्राप्त ’अञ्जिला’ केही शो बढ्ने अनुमान गरेको निर्देशक मिलन चाम्सले बताएका छन् । “प्रिमियरमा दर्शकले देखाएको उत्साह र प्रशंसा हेर्दा हामी निकै सकारात्मक छौँ,” निर्देशक चाम्सले भने, “शो सङ्ख्या भन्दा पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो ।”
‘अञ्जिला’लाई मल्टिप्लेक्सहरूमा मात्र होइन, सिङ्गल स्क्रिन हलहरूबाट पनि राम्रो शो प्राप्त भएको उनले जानकारी दिएका छन् । प्रर्दशनको दिन फागु पूर्णिमा परेको कारण दिउसोदेखि मात्र अधिकांश हल चल्ने भएकाले शुक्रवारदेखि शो सङ्ख्या उच्च हुने उनले बताए ।
च्लचित्रमा महिला फुटवल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मका सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् भने अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन्। चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो।
निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एञ्जिलाको सङ्घर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।
चलचित्रको हङकङ, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान र नेपालमा धरान र काठमाडौंमा प्रिमियर गरिएको थियो । हलमा प्रदर्शनअघि नै प्रिमियर शो हरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘अञ्जिला’ले हलमा हेर्ने दर्शकहरूबाट पनि उत्साहजनक समर्थन पाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया