ललितखबर
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको विवादास्पद भिडियो राखेरै राजधानीमा चलचित्र राजागञ्जको निर्माण पक्षले प्रिमियर गरेको छ ।
सेन्सर बोर्डले दृश्य काटेर प्रर्दशन अनुमती दिइएको सो चलचित्रको काट्नुपर्ने भाग नकाटेर नै चलचित्र देखाइएको हो ।
प्रिमियरमा सहभागी भएर पुर्वप्रधानमन्त्री वावुराम भट्टराईलगायत विशिष्ट व्यक्तहरुले समेत सो चलचित्र हेरेका थिए ।
चलचित्रकी कलाकार आशा मग्रातीले सेन्सर बोर्डले सबै्र दृश्य राखेर चलचित्र प्रर्दशन नगर्ने गरि सेन्सर प्रमाण पत्र दिएको ललितखबरलाई जानकारी दिइन् । भनिन्, ‘ती दृश्यलाई सम्पादन गरेर चलचित्र देखाउछौं ।’
चलचित्रका निर्देशक दिपक रौनियारले चलचित्रको दृश्य सेन्सर बोर्डले काटेर मात्रै प्रर्दशन गर्न अनुमती दिएकोमा असहमती जनाएका छन् । ललितखबरसँग कुरा गर्दै चलचित्रमा प्रधानमन्त्रीको ‘भनाई राख्नै नपाउने यो कस्तो शासन व्यवस्था हो भन्दै प्रश्न गरेका छन् ।’
प्रदर्शनउन्मुख फिल्म सेन्सरले रोकेपछि कलाकार, निर्माता निर्देशकहरुले भने आपत्ति जनाएका छन् । दीपक राज गिरीले सेन्सरको रोकेकोप्रति विरोध गर्नुपर्ने बताउदै सामाजिक सञ्जालमा लेखेका छन्– ’सर ! सुन्नुस न सर ! जे भन्नु हुन्छ त्यो काट्छू सर ! रिलिज डेट नै फिक्स भैसक्यो सर ! हो ,यसरी सरका सर लगाएकोले नै सेन्सर भाको हो ! मिलेर बिरोध गरौ ।
त्यस्तै अर्का कलाकार तथा निर्माता निर्देशक निश्चल बस्नेतले पनि सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सेन्सरले ‘राजागंज’लाई रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिसक्लेमर नबुझ्ने, फिल्ममा देखाएको सबैकुरा वास्तविकता हो भनेर बुझ्ने, फिक्सनको अर्थ नबुझ्ने । यस्तै हो चाहिने योग्यता ? फिल्म जति नै रियालिस्टिक भए पनि रियल हुँदैन । यो कलाको एक काम हो । आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् । हाम्रो नेपालमा ।’
त्यसैगरी अर्का फिल्मकर्मी मनोज पण्डितले अब नेपालमा राजनीतिक विषयमा फिल्म नै बन्न नसक्ने स्थिति आएको बताएका छन् । उनले लेखेका छन्– ‘नेपालमा राजनीतिक विषयमा चलचित्र नै बन्न नसक्ने स्थिति आइसक्यो जबकि, आज देशको मुल समस्या नै राजनीतिसँग जोडिएको छ ।’
प्रतिक्रिया