२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार मुकुन भुसाल होलीको रंगमा डरलाग्दो स्वरुपमा



ललितखबर
पछिल्लो समय निर्माणाधिन चलचित्र ‘कर्मा’ चर्चामा छ ।
‘रंगेली’ र ‘अगस्त्य’जस्ता सफल चलचित्र निर्देशन गरेका निर्देशक सौरभ चौधरीको तेश्रो चलचित्र ‘कर्मा’मा कलाकारहरुको उकपछि अर्को फरक चरित्रमा कलाकार देखिन थालेका छन् ।
यसै चलचित्रका अभिनेत्री उपासना सिंह ठकुरीको नौलो लुक्स सार्वजनिक भएको केही दिनमै कलाकार भुसालको पोस्टर सार्वजनिक भएको हो ।
पोस्टरमा तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन सुन्दर देखिएका छन् । पोस्टरमा होलीको रंगहरु द्येखिएको कारण चलचित्रमा होलीको दृश्यहरु रहेको अनमान लगाउन सकिन्छ । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ ।
पोस्टरले उनले खलपात्रको भूमिका निभाएकोे प्रष्ट पार्छ । ग्रे जोनमा बस्ने खलपात्र रहेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । चलचित्र ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको छ ।
नयाँ बर्षको छेको पारेर चलचित्र ‘कर्मा’ चैत २९ गते प्रर्दशन हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो ।
‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।