१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक(भिडियोसहित)



काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, ‘जे जान्छ, त्यो घुमेर आउँछ ।’

टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, ‘न कोही जोगियो न कोही जोगिन्छ ।’ यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ । टिजरले चलचित्रको कथा लुकाएको छ । तर, एक्सन खुलेर देखाएको छ । बाइक स्टन्टले दर्शकको ध्यान खिच्छ ।

टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ । उनी परिवारकै लागि एक्सनमा उत्रिएको संकेत टिजरमा छ । टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो । यस्तै यो सिनेमामा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको पनि अभिनय रहेको छ ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।