काठमाडौं
काठमाडौंको मातातिर्थ र शान्तिनगरमा एक एक जनाको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको शान्तिनगरमा युवकको शव फेला परेका छ भने मातातिर्थमा पोखरीमा डुबेर वालिकाको निधान भएको छ ।
काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित चौरमा सोही महानगरपालिका ३२ कोटेश्वर बस्ने रामेछाप लिखु गाउँपालिका–६ नागी घर भएका २८ वर्षीय सोनाम लामा आइतबार मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरीपसिरले जानकारी दिएको छ ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका–८ मातातीर्थस्थित निर्माणाधीन पार्कमा रहेको पोखरीमा डुबेर वालिकाको निधन भएको हो
सोही ठाउँ डेरा गरी बस्ने सल्यान कालिमाटी गाउँपालिका–४ घर भएका घनश्याम थापाकी छोरी ५ वर्षीया पुर्णिमा थापाको शनिबार बेलुकी निधन भएको हो ।
पोखरीमा डुबेर अशक्त भएकी उनको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।
दुबै घटना उपर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया