काठमाडौं
काठमाडौंको सिनामंगलमा एउटा स्कूटर चार्ज गर्ने क्रममा आगलागी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगल बिनायक टोल डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१ घर भएकी ३५ वर्षीया बिमला गुरागाईको बा प्र–०२–०३८ प २९०६ नम्बरको ईलेक्ट्रिक स्कुटरमा चार्ज गर्ने क्रममा गए राति आगलागी हुँदा स्कुटर जलेर क्षति भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–७ सिफलस्थित चन्द्रागिरी नगरपालिका–१२ घर भएका ३७ वर्षीय नन्द कुमार तन्डुकारको ओमकार उड कार्भिङ प्रालिमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब २ लाख रूपयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२ चैत्र २०८१, आइतबार
170
Shares
प्रतिक्रिया