४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कर्मा’का निर्देशक सौरभ चौधरीको कलाकारले गरे खुलेर प्रशंसा



 

मेकरमा मात्र होइन दर्शकमा पनि त्यही छाप परिसकेको छ । जुनसुकै क्यारेक्टर पनि उहाँले मेहनत गरेर राम्रो गर्नुहुन्छ भन्ने भइसकेको छ । यसमा पनि उहाँले प्रुभ गर्नुभएको छ

काठमाडौं
पछिल्लो पुस्ताका सम्भावना बोकेका निर्देशक हुन् सौरभ चौधरी । उनको डेव्यु निर्देशन रहेको चलचित्र ‘अगस्त्यः च्याप्टर १’लाई चलचित्र समिक्षक र दर्शकबाट राम्रो प्रतिकृया पाएको थियो ।
उनै निर्देशक चौधरीको कामलाई लिएर सम्बद्ध कलाकारहरुले खुलेर प्रशंसा गरेका छन् ।
चलचित्र ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी गरे ।

 

निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । स्टोरी फरक तरिकाले न्यारेट गर्नुभएको छ

“यो आइरहेका चलचित्रभन्दा फरक छ । अहिले रेगुलर रुपमा आइरहेका चलचित्रभन्दा फरक छ,” मुकुन भुसाल भन्छन्, “निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । स्टोरी फरक तरिकाले न्यारेट गर्नुभएको छ ।”

हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो चलचित्र फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने साँच्चै नै फरक रहेको उनको भनाइ छ ।

स्टोरी, मेकिङ र न्यारेसन नै फरक हुँदा चलचित्र आइरहेका रेगुलर भन्दा फरक रहेको उनको भनाइ छ । त्यसैले कर्माप्रति आफूलाई पूर्ण विश्वास रहेको उनको भनाइ छ ।

 

उहाँले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो । चलचित्रमा क्यारेक्टर पनि त्यस्तै छ

 

विपीन कार्कीले आफूलाई एक्सन जनरामा पनि तयारी गरेर काम गरेको मुकुनले बताए । “विपीन कार्कीलाई मेकरले जसरी विश्वास गरेर लिनुभयो, त्यसैगरी उहाँले पनि मेहनत गरेर काम गर्नुभयो,” मुकुन भन्छन्, “मेहनतकै कारण टिजरमा उहाँले वाहीवाही कमाउनु भएको छ ।”

कलाकार दिव्यदेबले अहिलेसम्म हरेक क्यारेक्टरमा विपीनले मेहनत गरेको बताए । “हरेक सिनेमामा उहाँले फरकफरक क्यारेक्टरमा आफूलाई प्रुभ गर्नुभएको छ । यसमा पनि मेहनतले काम गर्नुभएको छ,” दिव्यदेव भन्छन्, “मेकरमा मात्र होइन दर्शकमा पनि त्यही छाप परिसकेको छ । जुनसुकै क्यारेक्टर पनि उहाँले मेहनत गरेर राम्रो गर्नुहुन्छ भन्ने भइसकेको छ । यसमा पनि उहाँले प्रुभ गर्नुभएको छ ।”

सरिता गिरीले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको स्मरण गरिन् । “उहाँले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,” उनले भनिन्, “चलचित्रमा क्यारेक्टर पनि त्यस्तै छ ।”

आफूले अहिलेसम्म थुप्रै चलचित्रमा आमाको रोलमा काम गरे पनि ‘कर्मा’मा भनेर फरक खालको चरित्र रहेको बताइन् । “आमाको चरित्र त अहिलेसम्म धेरै गरेँ होला । तर, कर्मामा आमाको चरित्र मात्रै छैन,” उनी भन्छिन्, “यसमा आमासँग सँगै धेरै कुरा छ । यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो चलचित्रले हटाउनेछ ।”

निर्देशक चौधरीले जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने बताए । “कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै समय अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,” उनी भन्छन्, “यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो चलचित्र बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ ।”

कसैले मसँग नराम्रो गर्यो भने उसलाई मैले नराम्रो गर्न नसके पनि अर्कोले उसलाई नराम्रो गरेर ब्यालेन्स गर्ने उनको भनाइ छ ।

नायिका उपासना सिंह ठकुरीले आफूलाई ‘कर्मा’प्रति सधैँ विश्वास रहेको बताएकी छन् । त्यसैले यसमा एक्सन भूमिकामा काम गर्ने विपीन कार्कीप्रति पनि विश्वास रहेको बताइन् ।

एक्सन गर्ने नायकको अपोजिटमा रहे पनि आफू भने ‘कर्मा’मा एक्सन भूमिकामा नरहेको स्पष्ट पारिन् । तर, एक्सन सिनेमामा काम गरिरहँदा आफूलाई पनि एक्सन सिनेमामा काम गर्ने रहर भने पलाएको र त्यसको अफरको अपेक्षा रहेको बताइन् ।

चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते प्रर्दशन हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।