काठमाडौं । नायक राजेश हमालले परिस्थितिले मागेको खण्डमा राजनीतिमा आउने बताएका छन् । सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भएको भेटमा उनले उक्त कुरा बताएका हुन् ।
हमालले पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पु¥याइरहेको असरप्रति हमालले ध्यानाकर्षण गराएका थिए। सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए।
भेटका क्रममा राजनीतिक विषयवस्तुमा पनि कुरा भएको थियो। हमालले आफू राजनीतिमा आउन सक्ने संकेत पनि प्रचण्डसँग गरेका थिए। ‘परिस्थितिले मागेको खण्डमा म राजनीतिमा आउनसक्छु,’ उनले प्रचण्डसँग भने। प्रचण्डले हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताएका थिए।
प्रतिक्रिया