१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यौन व्यवसाय खुला गर्नुपर्छ भनेका सचेतक घिमिरेले मागे माफी



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले माफी मागेका छन् । चैत ३ गतेको प्रतिनिधि सभाको बैठकमा सचेतक घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए। उनको अभिव्यक्तिप्रति संसद् भित्र र बाहिर आलोचना भएपछि उनले आजको बैठकमा माफी मागेका हुन् ।

उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि मंगलबार यौन व्यवसाय खुला गर्नुपर्ने कुरा घिमिरेको नितान्त व्यक्तिगत भएको, यसमा पार्टीको आधिकारिक धारणा नभएको बताएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  २ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।