२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कर्मा’को गीतमा अभिनेता विपिनलाई उपसनाको साडी



 

अभिनेता विपिनकार्कीलाई उपसनासिंह ठकुरीले साडी र लिपिस्टिक लगाउदै गरेको रोचक दृश्यहरु समेटिएको चलचित्र ‘कर्मा’को सुमधुर गीत ‘सारी लगाइदेउ’ सार्वजनिक भएको छ ।
यही चैत २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको गीतमा अभिनेता विपिन कार्की, उपसनासिंह ठकुरी देखिएका छन् ।
गायिका सलिना बिकको स्वर रहेको गीतमा सुष्मा सिग्देलका शब्दरचना र भाष्कर स्वार संगीत रहेको छ ।

गीतमा अभिनेत्री ठकुरी संगीहरुसँग नृत्यसँग अभिनेता कार्कीवरिपरि घुमेर नृत्य गरिरहेको देख्न सकिन्छ । उनले अभिनेता कार्कीलाई लिपिस्टिक र साडी लगाएर फकाइरहेको दृश्य रहेको छ । अभिनेता कार्की रिसाएको भेषमा टुलुटुलु हेसेर बसेका दृश्यले गीतसँगै गम्भिर घटनामा चलचित्रको कथा बोलिरहेको भान हुन्छ । विवाहको भव्य सेटमा कलाकार मुकुन भुसार बेहुलाको पहिरनामा छन् ।
नेपाली समाजका बोलिने झरौं शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । चलचित्रको गीतले रत्यौली संस्कृतिको आभास दिन्छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा भिडयो ठठ्यौली र रमाइलो पनि देखिएको छ ।
‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गतेदेखि प्रर्दशन हुँदैछ । चलचित्र नेपालसहित संसारभर एकसाथ प्रदर्शन हुन तयारी रहेको छ ।
एक्सन (विधा)जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स चलचित्रको कथा निर्देशक सौरभ चौधरी आफैले लेखेका छन् ।
निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।