८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘११ः५५’ समिक्षा : दर्शकको दिमाग फनफनी घुमाउने चलचित्र



ललितखबर
एउटा फरक कथा र शिर्षक नै अनौठो लाग्ने चलचित्र ‘११ः५५’ शुक्रबारबाट प्रर्दशनमा आएको छ । फरक विधा)जनरा)मा चलचित्र बन्नुलाई सुखद मान्नुपर्छ । यस्ता फरक चलचित्रले नयाँ दर्शक जन्माउछ । नेपाली चलचित्र बजारमा विविधता भित्रनु चलचित्र क्षेत्र विस्तारसँगै समृद्ध बन्दै जानु हो ।
तर चलचित्र ‘११ः५५’ को कथा, पटककथा र संवाद कमजोर छ । निर्देशकीय पक्ष कमजोर छ । चलचित्रभित्र महेश त्रिपाठीजस्ता क्षमतावान् कलाकारहरु निर्देशकको कमी र कमजोरीका कारण ओझेलमा छन् । उनीहरुहरु उत्कृष्ट निर्देशकीय क्षमताबाट प्रशिक्षित हुन नपाउदा आफूलाई प्रमाणित गर्न नसकेर पिल्सिएका छन् ।
कथासार
सिमि गु्रपका सिइओ मुक्ति कुवँर अथात् महेश त्रिपाठी । उनी सिमी र श्रेया श्रेत्रीसँगै देखिन्छन् । अर्का पात्र मनुको पनि चलचित्रमा रहस्यमय भूमिका छ ।
मध्यरातको ११ बजेर ५५ मिनेटमा गोली चल्छ, क्षेया क्षेत्रीको हत्या भएको सो घटनामा को दोषि थियो ? यो प्रश्नको उत्तर खोज्न चलचित्र ‘११ः५५’ हेर्न चलचित्र भवनमा पुग्नुपर्छ ।
कमजोरी
चलचित्रको कथ्यशैली कमजोर छ । सुरुमै चलचित्रको मुख्य पात्र क्षेया क्षेत्री (करिष्मा श्रेष्ठ)को हत्या हुन्छ । कथाको उठान नै नहुँदै चलचित्रको अन्त्यमा देखिने दृश्यले चलचित्र कस्तो होला भन्ने कौतुहलता त बढाउछ तर चलचित्र जति अघि बढ्छ, उति नै वाक्क दिक्क लाग्छ ।
चलचित्रले प्रेम, घृणा, दुस्मनी, जालझेलजस्ता पात्रहरुको रोचक पक्षलाई उठान नै गरेको छैन । एकै पटक मारकाटबाट सुरु चलचित्रको अन्त्य रहस्यमय छैन ।


एउटा कोठाबाट सुरु भएको चलचित्र त्यही कोठाबाट सकिन्छ । चलचित्र सिमित पात्रको संवाद सिमित छ ।
हत्या र अबैंध सम्बन्धका विषय हरेक १५ मिनेटमा नयाँ नयाँ तथ्य खुल्छ । तर दर्शकको मस्तिकमा अन्यौल श्रृजना हुन्छ । चलचित्रको पृष्ठभूमि र उठान कमजोर छ । चरित्रचित्रण र फिल्मी मसला नहुँदा धेरै ठाँउमा चलचित्र पट्यारालाग्दो लाग्छ ।
चलचित्रभित्र संगीत, दृश्य र आवाजको मिठास भरेर कथ्यशैली निर्माण गरिएको छैन । नृत्य,द्वन्द्व र हास्यरस मिसाएर चलचित्रलाई फरक स्वादमा पस्किएको छैन । कलात्मक क्षमता प्रर्दशन गरेर निर्देशक केशव पाण्डेले चलचित्रलाई सुन्दर बनाउने मौका समेत चुकाएका छन् ।
चलचित्रमा प्रहरी अफिसरको हर्तत वाइयात लाग्छ । जेलबाट छुटेर आएका ती पात्र किन छन् भन्ने दृश्यले बुझाउदैन, शायद निर्देशक र कथाकारले बोलेर सुनाउनुपर्छ ।

‘डन्ट ट्रष्ट एनी वान’ (कसैलाई पनि विश्वास नगर) भन्ने नारा बोकेको चलचित्रले निराशा बाडेको छ । चलचित्रका हिरो खनायकजस्तो खलनायक हिरोजस्तो रनभुल्ल बनाउछ । चलचित्र हेरिरहँदा रिस उठीरहेको ेकही क्षणमै दया पलाउछ । फेरि घृणा गर्नलायक पत्रमा परिणत भइसकेको हुन्छ । चलचित्रको चित्र मात्रै होइन चरित्रमा पनि अन्यौल बनाइदिन्छ । त्यसैले चलचित्र हेर्दा हेर्दै नहेरौ उठेर जाउजस्तो बनाईदिन्छ ।

सुन्दर पक्ष
अपराधका र सस्पेन्स थ्रिल मन पराउने दर्शकका लागि चलचित्र रोचक लाग्नसक्छ । पछिल्लो समाजमा देखिएको एउटा परिवारभित्रको विखण्डनलाई चलचित्रले चोटिलो ढंगले देखाउने कोसिस गरेको छ ।
जालसाजी,धोकाधडी,यौन मनोविज्ञान र अपराध मनोभावलाई कथा बुनेर दर्शकको ध्यान तान्न निर्देशक केशव पाण्डेको प्रयास राम्रै मान्न सकिन्छ, यद्यपी त्यो पर्याप्त भने छैन ।
हरेक घरभित्र अधिकार र सचेतनासँगै जन्मिएकोे द्वन्द्वलाई चलचित्रले बोल्ने सहास गरेको छ । परिवार र आफ्नाहरुसँगको विश्वासघातलाई घामजस्तै छर्लङ देखाएको छ । अविस्वास र धोकाभित्र मानिस मानिसबीचको सम्बन्धलाई परिभाषित गर्न खोजेको छ ।
कलाकारहरु
चलचित्रमा नव अभिनेताको रुपमा सागर खनाल देखिएका छन् । उनको अभिनय औसत छ । उनको अनुहार, जिउडाल र हाउभाउ हेर्दा नयाँ कलाकारजस्तो नलागे पनि उनले आत्मविश्वासका साथ संवाद बोलेका छैनन् । महेश त्रिपाठीको अभिनयमा खोट लगाउने ठाँउ छैन । चलचित्रको चरित्रको लोभमा उनले कमजोर चलचित्रको बलियो पात्र रोजेका छन् । उनका लागि यो करियरकै कमजोर चलचित्र दरिन सक्छ ।


अभिनेत्री श्रृष्टि श्रेष्ठले आफ्नो सदावहार अभिनय शैलीलाई फेरि दोहो¥याएकी छिन् । अभिनेत्री श्रृष्टिले पात्र सिमीको फरक चरित्र चित्रण, अभिनयशैली र संवादमार्फत केही नयाँ देखाएकी छैनन् । उनको अभिनयमा कुनै सुधार छैन ।
बुद्धि तामाङ चरि डनको भूमिकामा देखिए पनि सुवाएको छैन । उनले फरक अभिनयशैलीलाई पछ्याउन खोजेको भान हुन्छ ।
विशाल पहारी राणा खानदानका व्यापारी(उदयशम्सेर राणा)को ओजिलो पात्र बोक्न नसकेको देखिन्छ । उनको अभिनयशैली पनि पुरानै लाग्छ ।
करिष्मा श्रेष्ठल भने पात्र श्रेया क्षेत्रीले चरित्रलाई पर्दामा उतार्न मेहनत गरेकी छिन् ।
प्रविधि
चलचित्रको मेरुदण्ड नै कमजोर रहेको चलचित्रमा प्रविधि गौण विषय बन्न सक्छ । चलचित्रमा प्रयोग भएको पार्ससंगीत मिठो लाग्छ । रामशरण उप्रेतीको छायाँकन औसत छ । दृश्यका रंग फुङ उडेको र चमक(कन्ट्रास्ट) नभएको देखिन्छ । राजेन्द्र मोक्तानले रंग संयोजनमार्फत फुटेजहरुको गुणस्तर बढाएका छन् ।
अन्तमा,
चलचित्र विशुद्ध मनोरञ्जनको व्यापार हो । चलचित्र भवनभित्र पसेर ३ घण्टा र १ हजार रुपैयाँ खर्चेर दर्शकले मनोरञ्जन पाउनै पर्छ । नत्र दर्शक विच्किन्छ ।
चलचित्रका निर्देशकले बुझ्नुपर्छ आजका दर्शकले समाजको मनोदशाभित्र मनोरञ्जन खोजिरहेका छन् तर,चलचित्र ११ः५५ सस्पेन्स थ्रिलर विधालाई बोके पनि कमजोर कथाको जगमा अडिएर दशैकलाई रहस्यभन्दा रनभुल्ल बनाएको छ । दिमाग फनफनी घुमाएको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ११ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।