आज सामाजिक सञ्जाल युटेयुवमार्फत निर्माणाधिन चलचित्र चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ ।
चर्चित गायक तथा अभिनेता प्रकाश सपूतको डेव्यु निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ को ट्रेलर राजधानीको सामाखुशीस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो ।
चार मिनेट लामो ट्रेलरमा वसन्तको भूमिकामा प्रकाश सपुत छन् भने बाहुन युवती शान्तिको चरित्रमा अभिनेत्री स्वस्तिमा देखिएकी छिन् ।
२०६२/६३ सालको परिवेशमा आधारित यो चलचित्रमा वसन्त र शान्तिबीचको प्रेम अंकुराएको र जातीय व्यवस्थाका कारण विद्रोह गर्नुपरेको दृश्य देख्न सकिन्छ ।
चलचित्रको ट्रेलर सार्वजनिकसँगै सामाखुशी सडकमा ‘वसन्त साँझ’ साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा हजारौंको संख्यामा आगन्तुक सहभागी भएका थिए भने गायकहरु प्रकाश सपूत, शान्तिश्री परियार, प्रीति आले, देवेन्द्र बब्लु लगायतका कलाकारहरूको गीत गाएर सुनाएका थिए ।
चलचित्र ‘वसन्त’ को प्रचारका लागि आयोजित सो कार्यक्रममा थुप्रै सञ्चारकर्मी, कलाकार र शुभेच्छुकहरु सहभागी थिए ।
यही चैत २२ गतेबाट प्रदर्शन सुरु हुन लागेको चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रतिक्रिया