काठमाडौं
नेपाली चलचित्रमा बहुआयामिक चरित्र निभाउन सक्ने क्षमता भएको अभिनेता विपिन कार्की पहिलोपल्ट एक्सन भूमिकामा देखिदैछन् । उनीसंग भिड्ने अर्का कलाकार मुकुन भुसाल पनि पहिलोपल्ट खलपात्रको रुपमा पर्दामा देखिदैछन् ।
चलचित्र ‘कर्मा’मार्फत विपीन र मुकुन दुवैले ‘कर्मा’मार्फत नयाँ अनुभव गर्ने भएका हुन् । दुवै कलाकार क्यारेक्टरमा अडिएर अभिनय क्षमता देखाएर भिन्न परिचय बनाएका छन् । पछिल्लो पुस्ताका रोजाईका यी दुई कलाकारहरुको दमदार एक्सन देख्न पाउने निर्देशक चौधरीले बताएका छन् । विपीन र मुकुन दुवैले एक्सनका लागि राम्रो मेहनत गरेको निर्देशक सौरभको भनाइ छ ।
चलचित्र ‘कर्मा’मा उपासनासिंह ठकुरी उपासना विपीन कार्कीको अपोजिटमा छिन् । विपीन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते प्रर्दशनको तयारीमा छ। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।
निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन चलचित्र ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर छ । शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।








प्रतिक्रिया