चलचित्र ‘अभिमन्यु’मा अभिनेत्री गौमायाँको प्रवेश भएको छ । उनी ‘अभिमन्यु’मा पहिलो कलाकारका अनुबन्धित भएकी हुन् ।
“हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।”
उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने उनको भनाई छ ।
सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते हुने घोषणा गरिएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्र ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय चलचित्र हो ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।








प्रतिक्रिया