२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको छैटौं हप्तासम्म निरन्तर प्रर्दशन



चलचित्र ‘लाज शरणम्’ छैटौं हप्तासम्म निरन्तर प्रदर्शन हुन सफल भएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रर्दशन सुरु भएको यो चलचित्र् ५१ दिन पार गर्ने छाँटकाँट देखाएको छ ।
यस चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले बताएको छ ।
“चलचित्र लाज शरणम् सफलतासहित छैटौं हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि चलचित्रलाई उपलब्ध शो मा दर्शकको संख्या उच्च छ ।”
‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ व्यापार गरेको सार्वजनिक गरिएको भए पनि यसपछिको व्यापारिक आँकडा निर्माताले सार्वजनिक गरेका छैनन् ।
चर्चित हास्य सिरियल ’सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ ।
‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन् ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।