११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भुलाङ्खेलमा धिमेबाजा प्रतियोगिता: प्रथम हुने टिमलाई ५० हजार



भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा मध्यपुरको भुलाङ्खेलमा धिमेबाजा प्रतियोगिताको आयोजना भएको छ। प्रतियोगितामा उपत्यकाका २२ वटा धिमे खलको सहभागिता रहेको छ।
कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई विभिन्न बाजाहरूको पुस्तान्तरण गर्नको लागि यो प्रतियोगिता आयोजना गरेको मोटीपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार‚ द्वितीय हुने टिमलाई २५ हजार‚ तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ नगद तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।