३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मातृभूमि’ निर्माण हुने



चलचित्र ‘मातृभूमि’ निर्माण हुने भएको छ ।
दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने चलचित्रमा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा र शम्भु फोम्बोको अभिनय रहनेछ ।
निर्देशक लिङ्देनले चलचित्रको कथा नेपालको विभित्र जातजाति, संस्कार, संस्कृतिमा आधारित रहने बताए । उनका अनुसार फिल्मको छायांकन काठमाडौं, नेपालको पूर्वी जिल्ला र केही भाग अमेरिकामा हुनेछ ।
नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको फिल्ममा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह–निर्माता छन् ।
फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिको व्यानरमा बन्ने चलचित्रकी निमात्री कविता राई लिङ्देन रहेकी छिन् ।

 

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।